1/1/09

सबै न्यू इअर मनाएर नि साध्य हुन्छ र?


हामी नेपाली सार्है उदारबादि
छौ। कुन चाड मनाउने कुन नमनाउने लेखा जोखा नै छैन। भ्याए सम्म सबै मनाएर उधुम छ। दसैं तिहार त सामान्य भए। भ्यालेन्टाइन डे, Christian नभए नि क्रिस्मस डे, फ्रेन्डशिप डे, रोज डे आदि इत्यादि डे। न्यू इअरको कुरा गरौ नेपाली न्यू इअर कसैलाई बाल मत्लब छैन। ईंग्लिश न्यू एअरको कार्डले मेरो सबै इमेल टना टन छ। सबैका ब्लग, फेसबुक, हाइ फाइभ न्यू इअरको शुभ कामनाले भरी भराउ छ। हन् कुन न्यू इअर मनाउने कुन नमनाउने , कुन न्यू इअरमा साथीहरुलाई शुभकामना पठाउने दुबिधामा परियो।

बैशाकको बिक्रम सम्बत् नया बर्ष बिदा हुने मनाउनै पर्ने, नेवार हरुको नेपाल सम्बत् पृथ्वी नारायण शाहले उपत्यका जित्नु भन्दा अगाडि देखी मनाउदै आएको पुरानो सम्बत् छोड्नै नहुने। ईस्बी सम्बत् भन्नै परेन, , जनवरी २५ तारिकमा चाइनाको नयाँ बर्ष, त्यस बाहेक नेपाल भित्र बिभिन्न जात जातीको आफ्नै नयाँ बर्ष जस्तै लोसार आदि इत्यादि। बा बा हो सकिन मैले त ।

भए भरको सबै मनाएर आँफै कती गाईजात्रे हुनु । लौ त तेही भएर मैले त नेपाल को बिक्रम सम्बत् मात्रै धुम धामले मनाउने र तेही न्यू इअरमा मात्रै शुभ-कामना पठाउने निर्णय गरे। कस्तो लाग्यो मेरो बिचार तपाईंहरु लाई?

12/30/08

Top searches of 2008


Google and yahoo published most popular search terms around the world.


Google Top Search(world)

Yahoo Top search(world)

Usa(google)

Australia(yahoo)

Uk(yahoo)

1. sarah palin
2. beijing 2008
3. facebook login
4. Tuenti
5. heath ledger
6. Obama
7. nasza klasa
8. wer kennt wen
9. euro 2008
10. jonas brothers


1) Britney Spears
2. WWE
3. Barack Obama
4. Miley Cyrus
5. RuneScape
6. Jessica Alba
7. Naruto
8. Lindsay Lohan
9. Angelina Jolie
10. American Idol

1.obama
2. facebook
3. Att
4. Iphone
5. Youtube
6. fox news
7. Palin
8. beijing 2008
9. david cook
10. surf the channel

1.Britney Spears
2. Heath Ledger
3. Beijing Olympics
4. Angelina Jolie
& Jessica Alba
5. Stephanie Rice
6. Global economic downturn
7. U.S. election
8. Chinese earthquake
9. Burma Cyclone
10. Large Hadron Collider

1) Britney Spears
2. Big Brother
3. X Factor
4. Oasis
5. High SchoolMusical3
6. US Election
7. Amy Winehouse
8. Heath Ledger
9. Kate Moss
10. Eastenders

However Britney Spears and Barak Obama was most searched keyword in different search engines throughout the world.

The economy was also at the top of people's concerns so financial crisis became top keyword for economic terms, like wise depression, bailout, mortgage crisis, wall street, oil stock market, credit crisis also included in top keyword for 2008.

As per the Alexa report, Nepal’s top visited sites are:

1) google.com.np
2) google.com
3) yahoo.com
4) hotmail.com
5) Facebook.com
6) hi5.com
7) Blogger.com
8) msn.com
9) youtube.com
10) cybersansar.com

Similarly, nepalnews.com is in 12th position, kantipuronline.com 33th position, mysansar.com is in 36 and thikthak.com is in 55th position.

12/26/08

Boxing day

२६ डिसेम्बर को दिन अष्ट्रेलियामा अचम्म किसिमको चाड हुने रैछ त्यो हो बक्सिङ डे । अब यो boxing day भनेको कसैलाई मुक्का हान्ने नभएर सस्तोमा सामान किन्ने दिन रैछ । जनतालाई सस्तोमा सामान किन्न यो दिन सार्वजनिक बिदा हुदो रैछ। यो दिनमा बिशेष छुट हुनाले मान्छेहरुले पसलनै रित्ताइदिदा रैछ्न । आफ्नो रोजाइको सामान किन्न मान्छेहरु बिहान ३ बजे देखी पसल खुल्नु अगाडिनै लाइन बस्छन। जो पहिला पुगेर सामान उठायो त्यो सामान उसैको हुदो रैछ।

यहाँको ब्रान्डेड् स्टोर जस्तै Myer, Gucci, David Jones, Louis Vuitton, Giordano मा ५०% छुट हुनाले मान्छेहरु मरी हत्ते गर्दा रैछन्।

myre, Bourke Street mall अगाडि बिहान ४:४५ बजे- photo-Craig Abraham

म पनि दिउसो तिर केही सपिङ् गर्नु पर्‍यो भनेर myer मा गएको थिए । एस्तो भिड थियो कि कुरै नगरौ । आफु त दुब्लो पातलो सानो मान्छे एउटा ढोकाबाट छिरे मान्छेले घचाटेर अर्को ढोकाबाट निकाली दिए झन्डै भिडमा थिचिएर मरिएन। अब सपिङ गर्न आए पछी त केही न केही त किन्न पर्‍यो फेरी ५०% डिस्काउन्ट भएको बेला मौका पनि छोप्नु पर्‍यो भनेर अर्को स्टोरमा सर्ट रोजे । पैसा तिर्न जादा त लाइन कहाँ हो कहाँ पुगेको मेरो पालो आउन करिब आधा घण्टा लाग्थ्यो यस्तो गरी गरी के किन्नु भनेर बाइ बाइ गरेर आए।

12/18/08

अध्याराका बारेमा बात

लोडसेडिङ्ले नेपालका आइटि प्रोफेस्नल लाई खुब प्रभाब पारेको छ। जती बेला पायो तेती बेला साथी मेसेन्जरमा प्वाक्क पुक्क देखिन्छन्। नेपालीमा आइटि कम्पनी खोलेर बसेका एकजना साथी नेपालको अस्ती बिहानको करिब ४ बजे तिर अनलाइन देखिन्छन्। बिहान बिहान काम गर्ने जोस देखेर के हो आज त बिहानै देखी पैसा छाप्न लागिएछ त भने मैले । के के पैसा छप्नु नि हिजो सबेरै बत्ती गयो बत्ती गए पछी के काम सुतियो अब फेरी ९:३० बजे बत्ती जान्छ त्यसैले महत्वपूर्ण ईमेल र काम सकाउन बिहानै अलाम राखी राखी उठे भन्छन। चुनावको नतिजा निस्कने ताका उनी बडा जोसिएर बुझ्नु भो अर्चनाजी अब यो प्रचण्डले केही न केही गर्छ भन्थे। अनी मैले पनि तेही कुरा सम्झेर अनी प्रचण्ड के भन्छन नि भनेर मैले सोधे? गफनै बढी गर्छ। हा…हा.. हा …… उसो भने नेपालको पत्रीकामा नआएको नयाँ कुरा सुनाउनु न त मैले भने। अस्ती बत्ती नजाने पालोमा पनि बत्ती गयो रे । नो लाइटमा फोन गरेर झोकिएको त नो लाइटका मान्छेले प्रचन्ड लाई फोन गर्नुस् भन्दियो रे। त्यस्तो ठाडो जवाफ पाएपछी बिचराको बोल्ती बन्द भएछ। अब कहाँ कस्लाई फोन गरी राख्नु। अब अस्ती भर्खर प्रचण्ड आँफै मैनबत्ती बालेर मीटिङ बस्दै थिए। हा.. हा.. फेरि हासो को फोहोरा उठ्यो। जसरी हामी सजिलै हास्यौ । लोडसेडिङ्को पिडा तेत्तिकै दु:ख दायी छ तर जस्तो सुकै परिस्थितीमा पनि अनेक समस्याका बाबजुत पनि समस्याको हल पूर्ण रुपले नभएसम्म आफ्नो बेस्ट दिनु नै बुद्दिमान ठहरिन्छ

नेपालमा रहेका मेरा परिवार र साथीहरुलाई ७० घन्टे लोडसेडिङ् सजिलै सहने भगवानले शक्ति दिउन। जय जय जय धन्य छ प्रभु हाम्रो नेपाल!

12/16/08

बैंकले मेरो कुरो सुन्यो

Investment Bank मा बैंक अकाउन्ट हुने लाई त थाहा नै होला internet banking को पासवोर्ड चेन्ज भएको भनेर यस्तै बैंकका कुराहरुमा चित्त नबुझेर केही दिन अगाडि ब्लग लेखेको थिए। मलाई लागेको थियो कि यो नाथे ब्लग कस्ले हेर्ला र? तर कसरी कसरी बैंक को कर्मचारी सम्म मेरो ब्लग पुगेछ र त्यसपछी मैले पासवोर्ड पाउने आस्वासन पाए र केही दिनमै मैले पासवोर्ड पनि सजिलै पाए। अहो आफु लाई चित्त नपरेको कुराको त आवाज उठाउनु पर्ने रैछ भन्ने चेतना भयो!! एसो बैंकमा के भै रहेको छ भनेर बुझ्दा त सफ्टवेर चेन्ज गरेर त्यहाँका स्टाफलाई त ग्राहकहरुले आत्थु आत्थु पारेका रैछन। हुन पनि दैनिक जिबनमा चाहिने जस्तो कुरामा हतारो त गर्ने नै भए।

मेरो कुरा सुनेर बैंकको कस्टमर सर्भिसमा बसेकाहरु पनि मुसुक्क हास्न थाले कि? अनी धेरै लाइनमा बस्न नपर्ने गरी काउन्टर पनि बढाउदै छन् कि? जे भए पनि मलाई पासवोर्ड दिलाउन भर्पुर सहयोग गर्ने बैंकको कर्मचारी र साथी लाई धेरै धेरै धन्यबाद।

12/8/08

नेपालीपन जोगाउने ठेक्का नेपालीलाईनै

आकाना (यी गोराहरुले मेरो नाम भन्नै जान्दैनन् हामी भने यिनिहरुको भाषा सजिलै बोल्छौ यिनीहरुलाई जती सिकाए पनि नाम मात्र उच्चारन गर्न पनि कठिन छ) हो भन्दै जेस भन्ने यही बनाएकी साथीले फोन गरी के लगाएर जान्छस भनेर सोधी छि कस्तो नेपालका आइमाइ जस्ता कही कतै जान पर्यो कि लुगा लागाउनेको ध्याउन्न भएको होला भन्ठाने। अनी एक्छिन चुप लागेर ..केही ड्रेस कोड भनेर सोधे? उस्ले भनी उम्म छैन! तर छोटो स्कर्ट घुडा भन्दा माथि, हाइ हिल भएको जुता अनी कपाल जगल्टाएको जस्तो (messy ) बनाएर आइज सेक्सी देखिन्छ, हामि पनि तेस्तै लगाउछौ भनी । मलाई त मुसुमुसु हासो उठि सकेको थियो अब यो अजिब हावा लाग्ने ठाउमा साप्रा देखाउदै स्कर्ट लगाउदा के हाल होला। त्यै पनि बादबिबाद नगरी ओके ओके भन्दै मैले हेरौला भने।

यो सबै लुगाको टन्टो क्रिस्मस पार्टीको लागि भएको थियो । क्रिस्मस आउनु अगाडिनै यहाँ करिब ५० जना IT Professional लाई भेला पारेर पार्टी दिन लागिएको थियो। त्यो पार्टीमा मलाई पनि बोलाइएको थियो। नेपालबाट प्रतिनिधि म मात्रै थिए त्यसैले मेरो जाने निस्चित नै भयो।

यो लुगाले पनि अचम्मै पार्ने रैछ। अमेरिकि राष्ट्रपतीकि श्रीमतीको पनि ओबामाले जित्ने बितिकै उनले लगाएको पहिरन, पहिरनको रङको बारेमा खुब चर्चा परिचर्चा भयो । हाम्री मन्त्री हिसिला यमीले जिन्समा सपथ खादा सबैले कुरा काट्नु काटे झन् हाम्रा प्रधानमन्त्रीले त नेपाली पोशाक दौरा सुर्वालनै किक आउट गर्दिएर टल्कने सुटमा अमेरिका समेत पुगे। सबै नेपाली लाटाले पापा हेरेको जस्तो हेरेको हेरेयै भए। अब आफ्नो भाषा भेष भुषा कस्ले बचाउने हो । जनता सबै अनेक फेसन गर्दै हिंड्ने बिचरा नेता मात्रै किन दश ठाउँमा तुना बान्दै हिडथे त। लौ खा त भनेर सुटमै टल्कन थाले।

बरु अब दौरा, चोलो, फरिया सबै म्युजियममा राखे भयो अबका पचास बर्ष पछी नयाँ पुस्ताले देख्न पाउछन होइन भने हाम्रो राष्ट्र भाषा अङ्रेजी, खाना म. म , बर्गर, लुगा सुट जिन्स भन्न बेर छैन ।

मेरो पार्टिमा जाने दिन आयो तर मैले आफ्नो थाइ देखाउदै स्कर्ट लगाउन सकिन मैले सारी लगाउने निर्णय गरे । मेरी बहिनीले त जिस्काउदै थि अब काग को बिचमा बकुल्ला हुने होला ल्यापटप समात्ने हो कि सारी समात्ने हो भनी आ…जे सुकै होस् भनेर म सारीमै गए । म पुग्दा त धेरै जसो आइसकेका रैछन् । म ढोका भित्र छिर्ने बितिकै सबैले ताली बजाए म त लाजले भुतुकै भए। पछि पो म एकदमै फरक ड्रेसमा भएकोले सबैले इज्जत दिएर पो ताली बजाएको भने। पार्टीमा खुब रमाइलो भयो मैले धेरै देशको IT Professional लाई भेटे र आफ्नो देशको बारेमा मैले सके जति सबैलाइ फुइ लगाए। हाम्रो देशमा बन्दुक चलाउने मात्रै होइन कम्प्युटर चलाउने पनि छन् भने र आफुले गरेको केहि प्रोजेक्ट पनि देखाए।

धेरैले खुब चाख मानी मानी म सँग फोटो खिचे कोही कोही आफ्नो देशको लुगा नलगाइ आएकोमा पछुतो मान्दै थिए। पार्टि सकियो म घर फर्केर ईमेल चेक गर्न बसे एकजना रसियाको जाभा डेभलपरको ईमेल थियो ईमेलमा “तिमी लाई भेटेर सार्है खुशी लाग्यो तिमी र म अब कहिले भेट्ने था छैन र तिम्रो अनुहार् म सम्झ्न्छु कि सम्झन्न पनि था छैन तर तिमीले लगाएको तिम्रो देशको राम्रो लुगा मेरो दिमाखमा सधैं रहि रहने छ”।

11/17/08

बैंकिङ् सेवा होइन सास्ती



दुई दिन भई सक्यो इन्भेस्टमेन्ट बैंक को ebanking login गर्न खोजेको मरिगए भएको होइन। password नै चेन्ज गरेछन्। password लिन अफिस मै जान पर्ने रे अस्ती भर्खर पनि चेन्ज गरेका थिए २ महिनामा समय मिलाएर गएको थिए। अब म नेपाल नगए सम्म बैंक अकाउन्ट चलाऊन नपाउने भए । password सेट गर्ने बेला ईमेल लिन्छन, ईमेलमा किन password पठाउदैन? किन मान्छे हरु लाई दु:ख दिएका होलान? website बाट १० चोटि ईमेल गरे होला मरी गए रिप्लाई गर्दैनन्
रिप्लाई नै नगर्ने भए देखाउन मात्रै किन ईमेल address राखेका होलान् । Password को कुरा त ठिकै छ सफ्टवेर upgrade गरे होलान, सुबिधा पाइएला, राम्रै हो।

तर त्यो बाहेक नेपाल इन्भेस्टमेन्ट बैंकको दिनहुको सेलरोटी जस्तो घुमेको लाइन मैले बिर्सेंको छैन। लामो लाइन देखेर बैंकमा पैसा झिक्न राख्न नपरे हुन्थ्यो जस्तो हुने। कती चोटि बैंक अफ द इयर अवार्ड पाए भनेर जता ततै टास्छन यसरी जनता लाई घण्टौ कुराउदा अवार्ड पाइने रैछ। हामी जस्ता लाई के थाहा?

एक चोटि म र मेरो बोय्फ्रेन्ड अती जरुरी परेर पैसा निकाल्न गएका थियौ बैंकको लामो लाइनले गर्दा ATM बाट पैसा झिकौ भने मैले। ३-४ वटा ATM डुल्दा पनि मरिगए पैसा निस्किएन। सार्है हैरान भएर पुतलिसडकको ब्रान्च भित्र गएर यो atm कती बेला बन्छ होला भनेर सोध्यौ। Customer service मा बसेकी महिलाले झर्केर मान्छे त कहिलेकाही बिरामी परिन्छ मिसिन त बिग्रिहाल्छ नी खोइ था छैन कती बेला बन्छ बन्छ भनिन्।

Customer service को बोल्ने सोमत देखेर केही बोल्न ठीक नलागेर सरासर माथि गयौ। माथि म्यानेजरको कि कस्को कोठामा पुगेर त मेरा बोय्फ्रेन्ड अङ्रजीमा भुत्भुताउन थाले। त्यस पछी त ति मान्छेले केही नबोली तुरुन्तै सानो स्लिप भराएर पैसा तुरुन्तै ल्याइदिए। service charge तिरी तिरी पैसा राख्नु छ तेही माथि चाहिएको बेला आफुले राखेको पैसा झिक्न नपाउदा कस्तो हुन्छ होला त?
Investment bank मात्रै होइन अधिकाश बैंकमा चेक साट्न, पैसा राख्न लामो लाइन बस्न पर्ने बाध्यता छ।

एकचोटि म standard charted bankमा चेक साट्न गएको थिए लाइन यती लामो थियो कि मेरो पालो करीब १ घण्टामा आयो। लाइन बस्नेहरु पनि एक्छिन थचक्क कुर्ची बस्न जान्थे फेरी लाइनमा बस्न आउथे
नाम मात्रै standard, service चाँही झुर छ भन्दै एकजना त मुर्मुरिदै थिए हुन पनि हो १ घण्टा भनेको चानचुने होइन customer धेरै भए पछी counter पनि बढाउनु नि। लाइन बस्ने ठाउँमा टि.भी राखी दिएको थियो त्यो टि.भी पनि झिर झिर आएर सबैको टाउको खाइरहेको थियो।

न्युरोडको नेपाल बैंकको सम्झना त अझै बिर्सी नसक्नु छ। एक चोटि साथी नारायण र मैले काम गरे बापत नेपाल बैंकको चेक पाएका थियौ। दङ्ग परेर साट्न गयौ। चेक दिएपछी एउटी आन्टीले टोकन दिएको १ घण्टामा पनि पालो आउँदैन त । अहो ! न्युरोड, संकटा पुरै घुमेर टन्न खाजा खाएर फर्कदा पनि पालो आएन। हाम्रा पुर्खाले जानेका रैछन खाल्टो खानेर पैसा राख्थे कम्सेकम यस्तो सास्ती त हुन्थेन भनी सोच्यौ। आखिर ३ घण्टा पछी हातमा पैसा पर्‍यो । चेक पाएको उमङ्ग कुर्दा कुर्दा उडिसकेको थियो। खिन्न मुख लिएर अफिस पनि नगई घर फर्कियौ।

नेपालको बैंकको सास्ती मनमा ताजै थियो अष्ट्रेलिया आए आफ्ना भए भरका कागज बोकेर खाता खोल्न गए सोचे अब ३-४ दिन त लागिहाल्छ। ढोकाबाट छिर्न नपाउदै एउटि महिला ले म के सहयोग गर्न सक्छु भन्दै आइन्। मैले बैंकको खाता खोल्न चाहेको कुरा बताए। उनले बडो आदर गरेर सोफामा बसालिन र एक्छिन कुर्न लगाइन करिब एक मिनेट पछी अर्की महिला आएर एकदमै कुर्न परेकोमा माफि मागिन म त छक्कै परे कुरेको १ मिनेट पनि भएको छैन कस्तो अप्ठेरो लाग्ने गरेर माफि मागेको होला भन्ठाने।

धेरै कुर्नु पर्‍यो कफी खाने भनेर सोधिन मैले घुटुक्क थुक निलेर जाडो जाडो मौसम थियो खान त मन थियो । तर आ!!! कती पैसा ठटाउने हुन भनेर .. म ठीक छु म खादिन भने। तर फेरी पनि उस्ले सोधी its part of our service भनी मैले नो भन्न सकिन उस्ले पनि कती सुगर भनी मैले टु भने एकै छिनमा कफी मेसिन बाट मेरो कफी पनि रेडी भयो । अनी कफी खाँदै खाता खोल्न एउटा रूममा गोप्य रुपमा बस्यौ। १५ मिनेटमा मेरो सारा काम सकियो करिब ५ चोटि उस्ले थ्यांक यू भनी होला म त अलमल परे कस्ले thank you भन्नु पर्ने हो भनेर।

आफ्नो काम सजिलै भएको देखेर दङ्ग पर्दै बाहिर निस्के। तर म धेरै बेर मख्ख पर्न सकिन। म त नेपाल जानु पर्छ फेरी तेही बैंकको लाइन , कर्कस स्वर सम्झदा फेरी नमज्जा लाग्यो। मलाई लाग्यो कफी त के पानी पनि आश गरेको छैन तर बैन्किङ सेवा साच्चिकै सेवा प्रदायक होस् भन्ने आशा छ।

11/8/08

किताबी मोह - नेपाली किताब पढ्छु भन्न के को लाज?

सोच पढि सकेपछी सुटुक्क मैले बुवाको स्टडी टेबलमा सोच किताब राखिदिए भाषाका ज्ञाता मेरो बुवाले एक पाना पढेर भाषा मिलेको छैन भन्नु भयो त्यस्को करिब २ बर्ष पछी गत हप्ता मैले फोनमा कर्ण शाक्यको अर्को किताब खोज निस्केको छ मलाई जसरी भए पनि पठाइ दिनु है भन्दा उहाले “मैले खोज निस्केको हल्ला त सुनेको हो तर फुर्सद नभएर किन्न जान पाएको छैन” भन्दा मैले सजिलै अड्कल काटे कि सोच किताब उहालाइ मन परेछ र खोज पढ्ने मनस्थिती बनाउनु भएछ।

पत्र पत्रीका हेर्दा अक्सर नेपालीले बिदेशी र अङ्रेजी किताब पढेको र मन परेको कुरा भन्छन नेपाली किताबको नाम लिननै लजाउछन। होइन नेपाली किताब पढ्छु भन्न के को लाज ? मेरो एकजना साथी थिए नेपाली राम्रै बोल्ने, पढ्न पनि सक्ने तर उनी भन्थे नेपाली किताब पढ्नै झ्याउ लाग्छ, पढ्नै सक्दिन भनेर अङ्रेजी राइटरका किताब रोज्न उन्को बढी ध्याउन्न हुन्थ्यो।

लोडसेडिङ् बेला मैन बत्ती बालेर पढ्दै ~ दिनको २-३ घण्टा मैन बत्तिको उज्यालो पढ्दा त बिहान नाकमा कालो जम्ने सि सि गर्दैमा हैरान। एक चोटि त पढ्नमा मस्त थिए पढ्दा पढ्दै त अगाडिको कपाल डढ्यो त्यस पछी गाडीको ब्याट्रि ल्याएर बत्ती बाले एउटा ब्याट्रिले २ वटा सम्म चम्किलो बल्ब बल्दो रैछ।

मैले रोमियो एन्ड जुलिएट लिटरेचर पढ्दा पढे करिब ४-५ चोटि पढे होला तर मुना मदन आफ्नै रहरले किनेर ३ चोटि सम्म पढे मुना मदनमा कती रस छ। वाक्य वाक्य पढ्दा बाण सरी मुटु घोच्ने शब्द छन् कती बेला आँखाबाट धरधरि आशु आइदिन्छ थाहा नै हुँदैन । जसरी Shakespeare को Hamlet, King LearMacbeth पढ्दा मनको भित्री तहलाई छोयो त्यसै गरी लक्ष्मी प्रसादका कृतिले पनि मननै डामिने गरेर छोयो। कुनै कुनै नेपाली कृति त एती राम्रा छन् कि तपाईंले छाती फुलाएर गर्वका साथ नेपाली किताब पढ्छु भने हुन्छ।

२ बर्ष अघी मेरो एकजना राइटर कस्टमर थिइन् । उनले खुब राम्रा राम्रा बुक लेखेकी रैछिन । मैले उनको वेबसाईट बनाइदिएकी थिए अनी उनका सबै e-book अनलाईन बेच्न राखि दिएकी थिए। उनले मेरो काम मनपराइन् र e-book बेचेर पैसा पनि मगन्य कमाइन ।काम गर्दै जादा हामी साथी भयौ र उनलले उपहार स्वरुप थुप्रै थुप्रै e-book हरु मलाई पठाइ दिइन। मलाई लाग्यो अब यसरी इ-बूक कम्प्युटरमा आउन लागे पछी अबको केही बर्षमा किताब बोकेर पढ्ने चलन हराउने छ सबैले कम्प्युटर र मोबाईलमा पढ्ने छन् । जब यहाँ म आए यहाँको मान्छेको किताबी मोह देखेर द्ङ खाए । ट्रैन चढ्दा होस् या बसमा चढ्दा होस् वा बस/ ट्रैन कुरिरहेको अवस्थामा पनि पढ्न ब्यस्त हुन्छन् । कोही कोही त ट्रैनको भिडभाडमा पनि उभीइ उभिइ भए पनि पढ्न छाडदैनन् ।

अझ यहाँ जे के रोलिङ को ह्यारी पोर्टेर अन्तिम निस्केको दिन त सिटिमा मेला लागेको थियो रे सबैले हात हातमा ह्यारी पोर्टेरको किताब र तेस्तै ड्रेस अप गरेर सिटी घुमेका थिए रे। किताबको पात्रलाई पनि आफ्नो परिवार जस्तै माया गर्दा रैछ्न् । यसबाट पनि अड्कल काटे कि किताब पढ्ने रस अझै सय बर्ष सम्म पनि रही रहने छ।

11/3/08

Melbourne Cup~the race that stops a nation

मेल्बर्न लाई festivals र event को सिटी भनिन्छ। यहाँ दिनहु जसो केही न केही भई रहेको हुन्छ । आज यहाँ सार्वजनिक बिदा छ। नेपालमा घोडे जात्रा भने जस्तैयहाँ Horse racing हुने रैछ । यो Horse racing हेर्न बिभिन्न देशका सेलिब्रेटी देखी लिएर बिजनेसम्यानहरु र अरु थुप्रै थुप्रैले चाख लिएर हेर्न आउने रैछन् । यो एक किसिम को जुवा जस्तो पनि हुने रैछ । मनिसहरु घोडामा बाजि पनि राख्ने रैछन्। रेस जित्नेले मोटा रकम र कप पाउने रैछ । रेसको अर्को पक्ष भनेको फेसन हो आजको दिन सिटी नै फेसनमय भएको छ । केटा हरु सार्है फर्मल लुगा लगाएर जाने केटी हरु पनि ठुला ठुला hat अनी राम्रो डिजाइनका लुगा लगाएर race जाने हेर्न जाने रैछन् ।
रेस बाहेक फेसन प्रतियोगिता पनि तेही हुदो रैछ। रेसकोर्सहरुमा बिभिन्न फुलहरुले सजाएका हुने रैछन । ति मध्य पनि गुलाफको फूल बिशेष महत्वका साथ सबैले लगाएर हिंड्ने रैछन आजको रेसको फूलको कोड चाँही पहेलो गुलाफ(yellow rose) थियो ।


10/26/08

संपर्क हुन नसकेको मोबाईल

टेलकमको दिदी को स्वर पनि सुन्दा सुन्दा वाक्स्(वाक्क धेरै लागेपछी वाक्स् हुन्छ) लागिसक्यो। २ दिन भयो नेपाल फोन लगाउन खोजेको कस्तो मुल परेको टेलकम रैछ संपर्क नै नगराइदिने। ल्यान्डलाइनमा हानेको एउटा नेवारनी आन्टी ले कस्लाई खोजेर ल्याएको भन्छिन। हन ललितपुरमा हानेको फोन भक्तपुर पुगेको देखेर म त तिन छक् परे। अली अली हो र जिल्लाकै हेराफेरी हुन लाग्यो।

नेपालमै छ्दा पनि कसैले बिदेश बाट फोन गर्‍यो कि UTL वा Mero Mobile को नम्बर आउथ्यो। त्यस्तो नम्बर बाट आएको कुरा राम्रो सँग नबुझिने र नसुनिने हुन्थ्यो। आफ्न्त सँग फोनमा घाटी सुक्ने गरी कराउन पर्थ्यो।तेती मात्रै कहाँ हो र कहिले काही आफ्नो बोय्फ्रेन्डसँग मिठा मिठा गफ भैई रहेको बेला अर्कै सँग लाइन जुध्न पुग्थ्यो। अब परेन त आपत्!

बिदेशबाट आउने फोनमा लोकल नम्बर आएको कुरा २-३ चोटि मैले टेलकममा खबर गर्दिन खोजे तर टेलकमको फोन कहिले नउठ्ने अहिले नउठाउने भए पछी मैले आफ्नै समयको बर्बादी ठानेर छोड्दिए।

संसारमै सुचना तथा संचार प्राबिधिको बाढी आइरहेको बेला टेलकम(टेलीफोन कम?)ले आफ्नो सेवा सुधार्ने बेला आएन र?

10/25/08

बिदेशी भुमिमा बिधार्थी

मेरो छोरो बिदेश गएको छ भनेर परिवार तथा आफन्तलाई घिरौला जत्रो नाक बनाउदै ठीक्क छ।
बिदेशको भिशा लाग्न साथ अब सुखका दिन आए, खुशीका दिन , अब भने आफुले भनेको जस्तो हुने भयो भनेर मख्ख पर्न नपाउदै जब बिदेशको माटोमा पाइला टेक्छ तब आफ्नो आँखा वरीपरी
देखिने समस्याले नराम्रो सँग झस्कन्छ।


बिधार्थी जुन सपना देखेर अष्ट्रेलिया आएका हुन्छन आँखा तेती बेला खुल्छ जब घर भाडा तिर्नु पर्ने हुन्छ, आफ्नो लुगा आँफै धुनु पर्ने हुन्छ, आफ्नो लागि आँफै पकाउन पर्ने हुन्छ, आफ्नो लागि आँफै कमाएर फी तिर्न पर्ने हुन्छ तेती बेला आफ्नो काधमा पहाडले आएर थिचेको महसुस् गर्छन्।


बाबु आमाले रिन धन गरेर बिदेश पठाउछन यहाँ आउने बेलामा १५००-२००० डलर दिएर पठाउछन्
तेतिले त बिचरा उसलाई एक महिना पनि थेग्न गार्हो पर्छ। कहिले घरयाशि काम नगरेकाहरु दिनमा पढाई र अरु बेला कामको चपेटा, फी तिर्न पर्ने टेन्सन आदी इत्यादी परिस्थिती ति कलीला ठिटा ठिटिले कसरी सहदा हुन्। यहाँ केटाहरु धेरै जसो भाडा माज्ने रैछन्। त्यो काम पनि पाउन बडा मुस्किल हुने रैछ। नेपालको घरमा एउटा चिया खाएको गिलास सफा नगर्ने बज्रस्वाठ्हरुलाई रास का रास भाडा माज्नु पर्दा अमिलो मन हुदो हो । भाडा माज्ने बाहेक किल्निङ, वेटर काम पनि गर्दा रैछन । कतिपय बिधार्थीले त आफुले गरेको काम नेपालमा भन्दै भन्दैनन् सकेसम्म लुकाउन खोज्छन र घरमा काम राम्रो हल्का छ भनेर दङ्ग पार्दिन्छन्। हुन पनि हो आफ्नो छोरोले अर्काको ट्वाइलेट् सफा गर्दै छ भन्ने कुरा कुन चाँही आमाले सहलिन र?


तर अर्को पाटो हेर्दा बिद्यार्धिहरु औधी खुशी छन् । काम गर्छन्, पढ्छन् आफु आत्म निर्भर छन्
जसो तसो गरेर घरमा अली अली आमालाई साडी र बाबुलाई सर्ट किन्ने पैसा पठाएका छन्। विद्यार्थीहरुको भनाइमा पैसा भए पछी अली अली मोज पनि भै हाल्छ । बाबु आमाको कच् कच् सुन्न परेको छैन। पैसा के हो भनेर राम्रो सँग चिनेका छन्। आफु आत्म निर्भर भएकोमा गौरब पनि गर्छन्। काम त आखिर काम हो उनिहरु आँफै भन्छन् हामी सँग केही काम गर्ने skill छैन न त हामी नेपालबाट आउँदा केही professional training नै लिएर आएका छौ अनी हामीलाई कस्ले म्यानेजरक&